Skip to main content

नेपालमा २०२० मा ट्राफिक नियम विपरीत गर्न नहुने सवारी मोडिफिकेसन

 प्रदीप थापा, बागलुङ उपल्लचौर

आजकल विशेष गरेर युवाहरुले कुनै पनि कम्पनीको बाइक किनेपछि आफ्नो इच्छा अनुसार बाएकको स्वरूप रंग ध्वनि  हरुलाई परिवर्तन गर्ने गरेको पाइन्छ। जसकारण आफूलाई मनोरञ्जन भएपनि त्यस मोडिफिकेसन को कारणले वातावरण, पैदयात्रीलाई,शान्ति सुरक्षामा ट्राफिक नियमको उल्लंघन गरिरहेको हुन्छ। 

साथै यसको कारणले आफू पनि जरिवानामा तथा जेल नै चलन हुने र ५०० देखि ५००० सम्म जरिवाना लाग्न सक्छ। तसर्थ बेलैमा निम्न यी सब मोडिफिकेसन हरु नगर्न वा गरेको भए पनि सुधार गर्न जरुरी छ।

नेपालमा २०२० मा गर्न नहुने मोडिफिकेसन निम्न छन।

१) सवारी स्वरूप नै परिवर्तन हुने गरि गरिएको मोडिफिकेसन

 विशेष गरेर यो मोडिफिकेसन नेपालमा युवाहरुले आफ्नो बाइक को chassis number नैं मेटिने अथवा chassis नैं परीवर्तन गरेर नयाँ स्वरूप दिने गरेको पाइन्छ तर यसो गर्दा साधनको ब्लु बुकमा समेटिएको जानकारी भन्दा फरक हुन जान्छ जसकारण त्यस साधनलाई ट्राफिक नियम अनुसार चोरीको साधनको दर्जा दिइन्छ।साथै कुनै पनि साधनको बिक्री गर्नु पूर्व त्यस साधनको सम्पूर्ण सुरक्षा मापदण्ड जाँच गरेर मात्र पास गरिन्छ तसर्थ यस्तो मोडिफिकेसन गर्दा साधनको बलियोपनमा कमी आउँछ जसले कुनै पनि बेला दुर्घटना निम्त्याउन सक्छ।ट्राफिक नियम अनुसार ५०० देखि माथि तथा जफत नै हुने सम्मको नियम छ।


२)साधनको ध्वनि लाई चर्को बनाउने

आजकल नेपालमा पनि साधनको exaust परिवर्तन गरेर वा DB killer निकालेर र catalytic converter निकालेर आवाज ठूलो बनाउने ट्रेन्ड नै आएको छ। विशेष गरेर युवाहरुले आफ्नो दबदबा देखाउन वा आफूलाई अरूभन्दा cool देखाउन यस्तो गर्न गरेको पाइएको छ।यसो गर्दा साधनको इन्जिनमा तथा mileage मा प्रत्यक्ष असर पर्न जानुका साथै वातावरणमा प्रदुषण बढ्छ होहल्ला हुन्छ हास्पिटल स्कूल नजिक एकदम distrub हुन्छ। यसो गर्दा ट्राफिक नियम अनुसार ५०० देखि २५०० सम्म वा बाइक लाई ठीक नहुँदा सम्म जफत पनि हुन सक्छ। यस प्रकारको क्रियाकलप नेपालमा गैरकानुनी मानिएको छ।




३)साधनको ब्लु बुकमा उल्लेख गरिएको भन्दा फरक किसिमको रंग रोगन गर्नु अथवा stickering गर्नु

कुनै पनि साधनको आधिकारिक रूपमा खरिद बिक्री गर्दा साधनको निश्चित रंग ब्लु बुकमा उल्लेख गरिएको हुन्छ।आजकल युवाहरुले त्यस विपरीत आफ्नो इच्छअनुसार कुनै पनि स्टिकर टाँसेको वा रंग परीवर्तन गरेको पाइएको छ। यसो गर्दा साधनको असली रुप हराउन जान्छ जसकारण केही कानुनी कारबाही मा पर्दा बाइक गैरकानुनी परिवर्तनमा दण्डित हुन सक्छ।



३) चौडा टायर र हाण्डल लागाउने

कुनै पनि कम्पनी बाट खरिद गरेको बाइक लाई त्यअनुसारको इन्जिन सँग मेल खाने टायर तथा हाण्डल प्रदान गरिएको हुन्छ। आजकल युवाहरुले बाइक को सौन्दर्यता बढाउनको लागि swingarm extend गरेर वा swing arm nai change गरेर एकदम चौडा टायर लागाउने र बैकको हाण्डल एकदम चौडा बनाउने जसले  दुघर्टना बनाउने सवारी चलाउन गाह्रो हुने गर्छ। 130/60 को टायर लाई 140/60 सम्म गराउनु ठिकै हो उही प्रकारको हाण्डल जूनले बाइक को turning radius लाई फरक पर्दैन तर 190 section ko टायर alloy wheel लगाउने काम चाहिँ गैरकानुनी मानिएको छ



४) नम्बर प्लेट लागि सानो आकारको बनाउने वा रंगीविरंगी बनाउने

आजकल बिकेहरुको नम्बर प्लेट होल्डर निकालेर सानो स्टिकर मा नम्बर प्लेट रंगीविरंगी बनायर टास्ने चलन छ।स्पष्ट नदेखिने तथा निर्धारित आकार भन्दा सानो नम्बर प्लेट ट्राफिक नियम विपरीत हुन्छ। हरेक साधनको नम्बर प्लेटको आकार त्यसको ब्लु बुकमा उल्लेख गरिएको हुन्छ।

५)अनावस्यक ठूलो आवाजको हर्न हाल्ने fancy हर्न राख्ने

कुनै पनि साधनको हर्न त्यसको कम्पनी जडित हर्न भन्दा ठूलो हुनु हुँदैनन् निश्चित ध्वनि मापदण्ड अनुसारको नियम हुन्छ। आजकल कुनै कुनै साधन हरुले अनावस्यक रूपमा pressure हर्न राख्ने हर्नमा विभिन्न प्रकारका संगीत राख्ने गतिविधि गरिरहेको पाइन्छ। जसकारण पैदयात्रीलाई गार्हो हुन्छं र ध्वनि प्रदुषण पनि हुन्छ। तसर्थ यस्ता गतिविधि पक्राउ परेमा ट्राफिक नियमको दायरामा कारबाही गरिन्छ।



५)अनावस्यक चहकिलो auxiliary लाइट लगाउने 

आजकल मुख्यतया बाइक हरुमा अरू साधनलाई अप्ठ्यारो हुने गरी low beam नहुने खालको aux  लाइट लगाउने गरिन्छ जसकारण आफूलाई त राम्रो बाटो देखिन्छ तर अगाडि बाट आउने साधनलाई केही पनि देख्दैन। यो कार्य पनि ट्राफिक नियम विपरीत हुन्छ।



६)ध्यान विकेन्द्रित गराउने खालको सायरी तथा कुनै पनि आकृति

हालसालै निर्णय भएको नियम मध्य हो यो नियम यस नियम अन्तर्गत कुनै पनि खालको ध्यान विकेन्द्रित गर्ने सायरी साधनको कुनै पनि भाग मा लेख्न नपाइने भनी भनिएको छ। यसो गरेको पाइएको खण्ड मा ५०० देखि १००० सम्म जरिवाना हुन्छ। यस्तो खालको सायरी चलाउँदै गर्दा ध्यानलाई विकेन्द्रित गराउने दाबी गरिएको छ।





७) दुई पाङ्ग्रे सवारी साधनमा पार्किंग लाइट वा hazard light जथाभावी प्रयोग गर्न नपाइने

आजकल अक्सर दुई पाङ्ग्रे साधनमा पार्किंग लाइट वा emergency light /hazard light जथाभावी प्रयोग गरिएको पाइन्छ।
एकप्रकारले रातिमा चलाउँदा हुस्सु लाग्दा  emergency पर्दा उपयोगी कुरालाई जथाभावी रूपमा कुनै कारण बिना बालेर हिँड्दा ट्राफिक नियमको उल्लंघन हुन्छ। 

यी सब मोडिफिकेसन नेपाली ट्राफिक नियम अन्तर्गत गैरकानुनी मानिएको छ।

यदि तपाईहरुलाई यस पोस्ट सम्बन्धी केही पनि सुझाव छ भने कृपया कमेन्ट गर्दिनु होला। धन्यवाद।
अन्य जानकारीको लागि पनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला।

Comments

Post a Comment

Popular posts from this blog

Top 3 adventure bikes under 10 lakh in Nepal in 2020

 1) royal Enfield Himalayan 411 Royal Enfield Himalayan is one of the value for money  bike in Nepal for touring and adventure enthusiastic. This bike can go almost everywhere like highway,offroad(not Enduro type). On this bike you can cruise 100km/hr without feeling any kind of fear. Dual channel abs with switchable function on rear wheel is make the bike more safer and premium.  Specifications: Type  Adventure Cruiser  Displacement  411 cc  Mileage  40 km/l  Max. Power  24.50 bhp @ 6500 rpm  Max. Torque  32 Nm @ 4250 rpm  Top Speed  120 km/h  No. of gears  5  Fuel Capacity  15 liters  Weight  182 kg  Ground Clearance  220 mm Price: Royal Enfield Himalayan price in Nepal is  Rs 6,25,000. RE Himalayan (Sleet Edition) price in Nepal is  Rs 6,21,000 2) Benelli TRK 251 This bike  is elder brother of TRK 502. The design of this bike has derive from trk 502. This bike...

Air cooled engine vs oil cooled vs liquid cooled engine (नेपालीमा)

१) Air  cooled engine (हावा को माध्यम बाट चिस्याउने इन्जिन) सामान्यतया हावाको सहायताबाट इन्जिन लाई चिसो बनाउने प्रणाली भयको इन्जिन लाई air cooled engine भनिन्छ। प्राय यो खालको इन्जिनमा इन्जिनको वरिपरि fins haru राखिएको हुन्छ जसको मद्दतबाट हावालाई त्यस fins मा एकछिन रोकिए जस्तो अवस्थामा सर्कुलेसन गराएर इन्जिन बाट उत्पन्न भएको heat लाई नियंत्रण गरिन्छ। यो सम्पूर्ण combustion इन्जिन भयको बाएकहरूमा प्रयोग गरिएको हुन्छ। यस इन्जिनमा हावालाई combustion chamber वरिपरिको fins हरुमा circulate गराएर इन्जिन लाई चिसो बनाइन्छ। यो खालको बाइक विशेष गरेर सहरी क्षेत्रमा हिड्ने धरै high rev range नभएको, बिस्तारै चलाउने खालको हुन्छ। यो बाइक को इन्जिन सजिलो तरिकाले बनेको हुँदा जुनकुनै मेकानिक ले पनि बनाउन सक्छ। सर्विसिङ गर्दा पनि सस्तो पर्न जान्छ। खास गरी एयर cooled इन्जिन बाट उत्पन्न भएको समुर्ण heat मध्य ४४% exaust बाट निस्कन्छ ,१२% मात्रै इन्जिन fins बाट र ८,% जति engile oil ma transfer हुन्छ भने बाँकी रहेको प्रतिशत engine काे लागि आबस्यक heat हो। २) Air  & oil cooled engine   सामान्यत...